१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ फाल्गुण ४ बुधबार २२:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि ‘क्यालिब्रेसन’ उडान 

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ४ बुधबार २२:०३:००

राष्ट्र्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलमा फागुन ६ गतेदेखि क्यालिब्रेसन उडान सुरु हुने भएको छ। भौतिक पूर्वाधारका कामहरू सकिएसँगै विमानस्थलमा शुक्रबारदेखि क्यालिब्रेसन उडान सुरु हुने गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दहालले बताए । 

क्यालिब्रेसन उडान सुरु हुने भएपछि फागुन ६ गतेदेखि फागुन १५ गतेसम्मका लागि गौतमबुद्ध विमानस्थलबाट दिउँसोमा हुने उडान बन्द गरिएको छ । फागुन ६ गतेदेखि १५ गतेसम्म हरेक दिन बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म विमानस्थलमा उडान सेवा बन्द गरिएको महानिर्देशक दहालले बताए। क्यालिब्रेसनका लागि बिहीबार साँझ वा शुक्रबार बिहानसम्ममा विमानस्थलमा थाइल्यान्डबाट विमान आइपुग्ने उनले बताए ।

लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार मानिएको विमानस्थल नियमित रूपमा सञ्चालन गर्नका लागि थप तीन महिना लाग्नेछ।