Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठाडाैं
२०७८ फाल्गुण ४ बुधबार १८:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपालमा उत्पादन भएको क्यान्सरको औषधि बजारमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठाडाैं
२०७८ फाल्गुण ४ बुधबार १८:४३:००

नेपालमा उत्पादन भएको क्यान्सर रोगविरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) बजारमा आएको छ । टिजिग फर्मा प्रालिबाट उत्पादित एन्टी क्यान्सरका औषधिले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बजारमा आउन थालेको हो । 

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यका अनुसार अहिले नेपालभित्रै बिक्रीवितरण गर्न विभागबाट तीनवटा ‘मोलिक्युल’ को मार्केट लाइसेन्स प्राप्त भइसकेको छ । उनले विदेशमा निर्यात गर्न पनि थप एउटा ‘मोलिक्युल’को स्वीकृतिपत्र प्राप्त भएको बताए। वैद्यले आफ्नो कम्पनी क्यान्सर रोगविरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने नेपालकै पहिलो भएको दाबी गरेका छन् ।

टिजिग फर्मा भारतको हैदरबादमा रहेको एसपी एक्युर ल्याब (एसपिएएल)सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो ।