मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ फाल्गुण ३ मंगलबार १९:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नक्कली पिसिआर रिपोर्टमा भारत जान खोज्ने पक्राउ, सिटी भ्यालुबाट खुल्यो किर्ते 

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ३ मंगलबार १९:४९:००


नक्कली पिसिआर रिपोर्ट लिएर भारत जान लागेका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । भारतीय नागरिक बरुण शर्मालाई प्रहरीले पक्राउ गरेको हो । 

गत २६ माघमा भारत जाने क्रममा उनले नेगेटिभ आएको पिसिआर रिपोर्ट देखाएका थिए । सो रिपोर्टमा सिटी भ्यालुसमेत उल्लेख थियो । सिटी भ्यालु कम भएपछि शंका लागेर स्वास्थ्यका कर्मचारीले बुझ्दा उनको रिपोर्ट नै नक्कली भएको खुलेको हो । 

१० माघमा उनले एनपिएल काठमाडौं प्रालिमा पिसिआर जाँच गराएको र त्यसमा रिपोर्ट पोजिटिभ आएको थियो । त्यही रिपोर्टलाई सच्याएर नेगेटिभ बनाई उनले झुक्याउने प्रयास गरेका थिए । तर, सिटी भ्यालुसमेत उल्लेख भएकाले विमानस्थलको स्वास्थ्य डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले उनको किर्ते पत्ता लगाएका हुन् । पछि ल्याबमा बुझ्दा उनले १० गतेपछि परीक्षण नै नगरेको पुष्टि भएको थियो। 

बर्मालाई महानगरीय प्रहरी वृत्त गौशालाले संक्रामक रोग फैलाएको कसुरमा कारबाही अघि बढाएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।