मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ फाल्गुण ३ मंगलबार १८:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस गण्डकी प्रदेशको कोषाध्यक्षमा श्रेष्ठ 

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ३ मंगलबार १८:३०:००

नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको कोषाध्यक्षमा बाग्लुङका वसन्तकुमार श्रेष्ठ चयन भएका छन् । यसअघि गण्डकी प्रदेश कार्यसमिति सदस्य रहेका श्रेष्ठलाई मंगलबार बसेको गण्डकी प्रदेश समितिको बैठकले सर्वसम्मत रूपमा चयन गरेको हो । 

कांग्रेसको विधानमा निर्वाचित सदस्यबाट कोषाध्यक्ष मनोनीत गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले श्रेष्ठलाई कोषाध्यक्षमा मानोनीत गरेका हुन्। पार्टीको आन्तरिक व्यवस्थापनका लागि विधानतः कोषाध्यक्ष मनोनीत गर्नुपर्ने भएकाले बैठकमा सर्वसम्मत रूपमा श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गर्ने निर्णय गरिएको सभापति शर्माले बताए । 

कोषाध्यक्षमा मनोनीत भएसँगै श्रेष्ठले गण्डकी प्रदेशकै ११ जिल्लाको समन्वयमा पार्टीको संस्थागत विकासका लागि आफूले काम गर्ने बताए ।