नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने लगातार तीन सिजन इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा बिकेनन् । सन् २०२२ सिजनको शनिबार र आइतबारसम्म चलेको आइपिएल अक्सनमा सन्दीप अनसोल्ड समूहमा परेका छन् । आइपिएलको दुई दिन चलेको मेगा अक्सनमा कुनै टोलीले रुचि नदेखाएपछि उनी बिक्री नभएका हुन् । पहिलो दिन अन्तिम खेलाडीका रूपमा सन्दीपको नाम आए पनि कुनै टोलीले उनीमाथि बोली लगाएनन् । दोस्रो दिन पनि उनीमाथि सहभागी टोलीले चासो देखाएनन् । सन्दीपले अक्सनमा आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैयाँ) राखेका थिए ।
सन् २०१८ मा देल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स)ले उनको न्यूनतम मूल्य २० लाख भारु मा किनेको थियो । नेपालबाट आइपिएल खेल्ने सन्दीप पहिलो खेलाडी हुन् । २०२० सम्म दिल्लीमा रहेका सन्दीपले नौ खेलमा १३ विकेट लिएका थिए । सन् २०२१ मा सन्दीपलाई दिल्लीले फुकुवा गरेको थियो । २०१८ मा दिल्लीले अन्तिम तीन खेलमा सन्दीपलाई मौका दिएको थियो । पहिलो सिजनमा उनले पाँच विकेट लिएका थिए । २०१९ मा सन्दीपले खेलेका ६ खेलमा नौ विकेट लिए । २०२० मा उनी पूरा समय बेन्चमा सीमित भए ।
यसैबीच आइपिएलको अक्सनमा भारतीय खेलाडी इशान किशन सर्वाधिक महँगा खेलाडी बनेका छन् । इशानलाई १५ करोड २५ लाख भारु खर्चँदै मुम्बई इन्डियन्सले भित्र्याएको छ । यसैगरी, चेन्नई सुपर किंग्सले दीपक चाहरलाई १४ करोड भारुमा किन्न सफल भयो ।
सर्वाधिक महँगा खेलाडी