मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण १ आइतबार १७:२२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीको विषयमा राष्ट्रिय सहमति गराऔँ : उपसभापति गुरुङ

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १ आइतबार १७:२२:००

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीको विषयलाई राष्ट्रिय सहमति गराएर निर्णयको बिन्दुमा पुग्नुपर्ने बताएका छन्। आइतबार नेपाली कांग्रेस बाग्लुङ क्षेत्र नं. १ को पार्टी कार्यालय उद्घाटन गर्दै गुरुङले एमसिसीको विषयलाई राष्ट्रिय सहमति गराएर पारित गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुपर्ने बताए।

गुरुङले एमसिसी फिर्ता पठाएको मुलुक श्रीलंका र यसलाई लागू गरेको मुलुक मंगोलियाको बारेमा अध्ययन गरी नेपालका लागि जुन फाइदा हुन्छ त्यही बाटो अँगाल्नुपर्नेमा जोड दिए।  ‘एमसिसीको बारेमा कुनै एक विशेष दलले मात्र बोलेर हुँदैन। यसमा सबै राजनीतिक दलहरूको उत्तिकै दायित्व छ,’ नेता गुरुङले भने, ‘पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका पालादेखि यसको अध्याय सुरु भएको छ। विभिन्न कालखण्डमा सबै राजनीतिक दलको नेतृत्वको सरकारले यसका बारेमा विभिन्न काम गरेको छ। यसका बारेमा सबै जवाफदेही हुन जरुरी छ।’

गुरुङले पार्टीभित्रको निर्वाचनमा हिजो जे भए पनि आगामी स्थानीय तहको निर्वाचनमा एक भएर लाग्नका लागि कार्यकर्तालाई आग्रह गरे। उनले नेपाली कांग्रेसले आउँदा निर्वाचनमा घात प्रतिघात गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिए।