मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ फाल्गुण १ आइतबार १६:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बारको आन्दोलन जारी रहन्छ : अध्यक्ष श्रेष्ठ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ फाल्गुण १ आइतबार १६:२८:००

नेपाल बार एसाेसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएसँगै अन्दोलनको स्परूप परिवर्तन भएको बताएका छन्। प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि नयाँ पत्रिकासँग प्रतिक्रिया दिँदै उनले सर्वोच्चमा हुँदै आएको धर्नालगायतका कार्यक्रम स्थगित भएको र नयाँ स्वरूपमा आन्दाेलन अघि बढ्ने जानकारी दिए।

‘महाभियोग दर्ता भएपछि हामीले गर्दै आएको धर्ना रोकिएको छ। तर, आन्दोलन फरक स्वरूपमा जारी रहनेछ,’ उनले नयाँ पत्रिकासँग भने, ‘हाम्रो आन्दोलन जबराको बहिर्गमनका लागि मात्रै थिएन। न्यायालय सुधारका लागि कायममुकायम प्रधानन्यायाधीशसँग पहल जारी राख्नेछौँ।’