मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ फाल्गुण २४ शुक्रबार १५:५०:००
Read Time : < 1 मिनेट
समाचार

बझाङकी प्रदेश सांसद अपहरणकाे खबरसँगै खाेजी कार्य सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ फाल्गुण २४ शुक्रबार १५:५०:००

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बझाङकी प्रदेश सांसद देवकी मल्ललाई अपहरण गरेकाे भन्दै स्थानीयले प्रहरीलाई सुचना दिएपछि खाेजी सुरु भएकाे छ । नेकपाकी सांसद मल्लकाे अपहरण भएकाे पुष्टि नभएकाे बझाङका डिएसपी प्रविण धितालले जानकारी दिए ।

‘अपहरणमा परेको सुचना आएपछि हामीले खाेजी कार्य सुरु गरेका छाैँ,' डिएसपी धितालले भने, 'प्रहरी परिचालन भइसकेकाे छ ।' मल्ल बझाङ 'ख'बाट प्रदेश सभा विजयी भएकी थिइन् ।