मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २४ सोमबार १७:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपत्यकामा ट्राफिक टावर निर्माण गरिँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २४ सोमबार १७:०१:००

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि आधुनिक प्रविधिसहितको ट्राफिक टावर निर्माण गरिने भएको छ। गृह मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना, २०७८ तयार पार्दै उक्त योजना सार्वजनिक गरेको हो। तीन वर्षभित्र उक्त टावर निर्माण गरिने कार्ययोजनामा उल्लेख छ। मन्त्रालयका अनुसार उक्त टावरबाट ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थाको निगरानी र कारबाही गर्नेछ। 

यसबाहेक काठमाडौं उपत्यकाका मुख्य सडकहरूमा थप ट्राफिक लाइट जडान गरिने भएको छ। एक वर्षभित्रमा उपत्यकाका १५ स्थानमा ट्राफिक लाइट जडान गरिने गृह मन्त्रालयले जनाएको छ। यस्तै, ट्राफिक कारबाही तथा जरिवानाबापतको रकम पनि डिजिटल प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था गरिने गृह मन्त्रालयले तयार पारेको कार्ययोजनामा उल्लेख छ ।