Read Time : < 1 मिनेट
२०७८ माघ २४ सोमबार १३:३२:००
सोमबारदेखि काठमाडौं महानगरपालिकाभित्रका बालबालिकालाई फाइजर खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ। महानगरभित्रका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आजदेखि फाइजरको दोस्रो मात्रा लगाउन सुरु गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
महानगरभित्रका विद्यालय र स्वास्थ्य कार्यालयहरूबाट खोप प्रदान गरिएको छ। यसअघि पहिलो मात्रा लगाएका र तीन हप्ता पुगेका सो उमेर समूहका बालबालिकाहरूले उक्त खोप लगाउन सक्नेछन्। खोप कार्यक्रम फागुन ५ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ।