१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २३ आइतबार २१:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा प्रतिव्यक्ति चार आना जग्गा मिलाइदिने प्रलोभनमा सुकुमबासी ठग्ने दुई पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २३ आइतबार २१:५१:००

भूमि आयोगका मान्छे हुँ भन्दै सुकुम्वासी ठग्ने झापा भद्रपुर नगरपालिका–३ का ३८ वर्षीय  होमनारायण चौधरी र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४ का ४४ वर्षीय उद्धव भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार काठमाडौंबाट पक्राउ गरेको हो । 

उनीहरुले सुकम्वासीलाई प्रतिव्यक्ति चार जग्गा मिलाइ दिने प्रलोभनमा फारम बेच्दै आएका थिए । प्रहरीका अनुसार उनीहरुले प्रति फाराम ५० हजार रुपैयाँ असुल गरेका थिए । उनीहरु ‘आफूलाई भूमि आयोगले खटाएको’ भन्दै उपत्यकाभित्रका सुकुम्वासी बस्ती छिर्ने गरेका थिए । उनीहरुबाट प्रहरीले भूमि आयोग लेखिएको लेटर हेड, प्रिन्टर, रेकर्ड फाइल लगायतका सामाग्री बरामद गरेको छ ।