१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २२ शनिबार १६:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तत्काल फाइभ–जी परीक्षण गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २२ शनिबार १६:५३:००

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फाइभ–जी सेवा तत्काल परीक्षण गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन्। मन्त्री कार्कीले नेपाल दूर सञ्चार प्राधिकरणले सो सेवा परीक्षणका लागि स्वीकृति दिइसकेको उल्लेख गर्दै तत्काल परीक्षण गर्न टेलिकमलाई निर्देशन दिएका हुन्।

टेलिकमको १८औँ वार्षिकोत्सवको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले फोर–जी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्ने काममा ढिलाइ नगर्न पनि टेलिकमलाई सचेत गराए।

‘फोर–जी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर विछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पेका अभिभारा निर्धारित समयमै सम्पन्न हुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणबाट फाइभ–जीको सेवा परीक्षणका निम्ति स्वीकृति प्राप्त भइसकेको हुँदा त्यसलाई पनि यथाशीघ्र अगाडि बढाउन आग्रह गर्दछु,’ मन्त्री कार्कीले भने।