१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ०३:४५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ०३:४५:००

सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने निर्णय गरेको छ । मंसिर २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयलाई बिहीबार सार्वजनिक गरिएको हो ।

कृषि विकाश बैंकका अनुसार ऋणको साँवा मात्र २९ करोड भन्दा बढी रकम छ । सो रकमको ब्याज मात्र १ अर्ब भन्दा बढी पुगिसकेको छ । सो रकम ब्याजसहित कृषि विकास बैंकलाई सरकारले दिने भएको छ । यो ऋणबाट ६ सयदेखि ७ सय किसानले छुटकारा पाउनेछन् ।

त्यस्तै भारतीय दुई सय, पाँच सय र दुई हजारका नोटहरु ल्याउन र साथमा राख्न गैर कानुनी हुने भएकोले यी नोटहरु चलनचल्तीमा नल्याउन र साथमा नबोक्न सूचना प्रकाशन गरिने निर्णय समेत गरिएको छ ।