१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
असोज अन्तिम साता परेको बर्सातले भिœयाउने तयारीमा रहेको किसानको धानबालीमा पु¥याएको ठूलो क्षति । तस्बिर : विश्वराज पछल्डङ्ग्या/नयाँ पत्रिका
२०७८ माघ २२ शनिबार ०८:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बेमौसमी बर्सातले बाँकेमा ३८ करोडको धानबाली क्षति, क्षतिपूर्तिको माग

Read Time : < 1 मिनेट
२०७८ माघ २२ शनिबार ०८:४०:००

जिल्ला प्रशासन कार्यालय बाँकेले बेमौसमी बर्सातले धानबालीमा पारेको क्षतिको विवरण शुक्रबार गृह मन्त्रालयमा पठाएको छ । तीनवटा स्थानीय तहको प्रारम्भिक विवरणसमेतलाई समेटेर ३८ करोड रुपैयाँको क्षति विवरण पठाएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

पटक–पटक ताकेता गर्दा पनि बैजनाथ, राप्तीसोनारी र नेपालगन्ज उपमहानगरले क्षतिको विवरण नबुझाएको उनले बताए । ‘गृह मन्त्रालयले क्षतिको विवरण पठाउने अन्तिम समयसीमा २० माघसम्म दिएको थियो ।

स्थानीय तहलाई विवरण बुझाउन पटक–पटक ताकेता गर्दासमेत नदिएपछि उनीहरूले दिएको प्रारम्भिक तथ्यांकलाई आधार मानेर अनुमानित रकम पठायौँ,’ उनले भने । रकम आउने बित्तिकै पीडित किसानलाई वितरण गरिने उनले बताए ।