Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २१ शुक्रबार १९:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चितवनका भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २१ शुक्रबार १९:३८:००

सरकारले चितवनका भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपत्र वितरण गरेको छ। शुक्रबार चितवनको इच्छाकामना गा.वि.स. ७ तथा साविकको जुटपानी गा.वि.स. ९ क का भूमिहीनहरूलाई सरकारले गाउँ ब्लक जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको हो ।

प्रमाणपत्र वितरण कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले लालपुर्जा नहुँदा राष्ट्रियता बिहीन भएर बस्नुपरेको अवस्थालाई केन्द्रित गर्दै जग्गाधनी प्रमाणपत्र वितरण गरिएको बताइन् ।

उनले जग्गाधनी प्रमाणपत्र नहुँदा नागरिकतासमेत नपाएको र संविधानले दिएको अधिकारको उपभोगसमेत गर्न नपाएको बताइन्। मन्त्री श्रेष्ठले यसअघिका सरकारले जग्गाधनीहरूलाई लालपुर्जा उपलब्ध गराउने काम प्राथमिकतामा नराखे पनि अहिलेको सरकारले जग्गाधनीहरूलाई लालपुर्जा दिने काम पहिलो प्राथमिकतामा राखेको बताइन्। मन्त्री श्रेष्ठले वास्तविक भूमिहीनहरूलाई अधिकार प्राप्त गर्नबाट वञ्चित गराउन नहुने बताइन् । 

कार्यक्रममा जग्गाधनीको प्रमाणपत्र पाएकाहरूले खुसी व्यक्त गरेका छन् । अहिलेसम्मको सरकारले आफूलाई नेपाली नागरिक नै नठाने पनि यस सरकारले जग्गाधनी प्रमाणपत्र वितरण गरेर आफ्नो अधिकार दिलाएको बताए । लाभग्राहीमध्येकी एक चममाया मगरले भनिन्, ‘अहिलेको सरकारले दियो, खुसी लागेको छ । अब आउने सरकारले दिन्छ दिँदैन, हामीलाई  नभए पनि हाम्रा छोरा नातिलाई त भयो नि ।’