१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ २१ शुक्रबार १८:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेताहरूको कुदृष्टिले देश बिग्रियो : मन्त्री आले (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ २१ शुक्रबार १८:५१:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेताहरूको कुदृष्टिका कारणले गर्दा देश बिग्रिएको बताएका छन् । शुक्रबार पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री आलेले नेताहरूको कारण देश बिग्रिएको बताएका हुन् । नेताहरूको चरित्र असल भएको भए देशको यो हालत नहुने भन्दै उनले नेताहरूको कुदृष्टिका कारण देश बिग्रिएको बताए ।

देश बिग्रिनुको पहिलो दोष राजनीतिज्ञहरूलाई जाने उनले बताए । मन्त्री आलेले आजको दिनसम्म मन्त्रालयअन्तर्गतका विभिन्न अनियमितताहरूको अध्ययन गर्नमै आफ्नो समय खर्च भइरहेको उल्लेख गरे । उनले तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले बतास समूहसँग सेटिङ गरी सस्तोमा जग्गा भाडामा उपलब्ध गराउनेदेखि विभिन्न निकायहरूमा बतास समूहसँग सम्बन्धित मान्छेहरूलाई राजनीतिक नियुक्ति दिलाएको आरोप पनि लगाए ।

उनले मन्त्रीहरूले राजनीतिक नियुक्ति दिलाउनका लागि बार्गेनिङ गर्ने गरेको देखेको पनि बताए । मन्त्रीसँग आर्थिक बार्गेनिङ गरेर नियुक्त भएको मान्छेले काम नगर्ने र पैसा कमाउने मात्रै उद्देश्य राख्ने पनि उनले उल्लेख गरे ।  

मन्त्री आलेले सबै अप्ठ्यारा कानुनहरूलाई संशोधन गरेर पर्यटन क्षेत्रको प्रवर्द्धन गर्नुपर्ने बताए । सरकारले पर्यटकीय क्षेत्रको नयाँ गन्तव्य खोजी भइरहेको भन्दै उनले सो गन्तव्यहरूको विश्वभर प्रचारप्रसार गरेर धेरैभन्दा धेरै पर्यटक भित्र्याउनुपर्नेमा जोड दिए ।