मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हत्याका ओरोपी सार्वजनिक गर्दै प्रहरी । फाइल तस्बिर
२०७८ माघ २१ शुक्रबार १०:०३:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

तेस्रोलिंगीको हत्या आरोपीलाई जीवित रहेसम्म कैद 

Read Time : > 1 मिनेट
२०७८ माघ २१ शुक्रबार १०:०३:००

जिल्ला अदालत मकवानपुरले तेस्रोलिंगीको हत्यामा संलग्न रहेको ठहर गर्दैै आरोपीलाई जीवित रहेसम्म कैदको फैसला गरेको छ । अदालतले ४ माघ ०७६ मा हेटौँडा–५ क्याम्पाडाँडामा हत्या गरी फालिएको अवस्थामा भेटिएकी तेस्रोलिंगी नाम परिवर्तन ‘कमलडाँडा एफ’को हत्यामा संलग्न तीनजनालाई जीवित रहेसम्म कैद फैसला गरेको हो । हत्यामा संलग्न अन्यमध्ये एकजना नाबालकलाई १६ वर्ष कैद, एकजनालाई चार वर्ष कैद र एक महिलालाई एक वर्ष कैदसहित क्षतिपूर्ति र जरिवानाको फैसला सुनाएको हो ।

अदालतका अनुसार हत्यामा संलग्न रहेका सुशील थापा, बुद्ध लामा र आशीष बललाई जबर्जस्ती करणी, कर्तव्य गरी हत्याको आरोपमा जीवित रहेसम्म कैद, डाँकाको आरोपमा नौ वर्ष कैद र ९० हजार जरिवाना, पीडितको परिवारलाई जनही तीन लाख रुपैयाँको दरले क्षतिपूर्ति भराउने फैसला भएको छ । जिल्ला अदालत मकवानपुरका निमित्त श्रेस्तेदार अमृत घिमिरेले आरोपित चारजनाबाट हत्या भएकी तेस्रोलिंगीको परिवारलाई क्षतिपूर्ति भराउनेसमेत फैसला भएको बताए ।

हत्यामा संलग्न रहेका नाबालक नाम परिवर्तन ‘सिमलटार जेड’लाई १६ वर्ष आठ महिना कैद, डाँकातर्फ नौ वर्ष कैद र ६० हजार जरिवाना तथा पीडितको परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति, अर्का आरोपित सिमोन परियारलाई बलात्कार र हत्यातर्फ चार वर्ष कैद, डाँकातर्फ नौ वर्ष कैद र ९० हजार जरिवाना तथा पीडितको परिवारलाई एक लाख रुपैयाँ क्षतिपूर्ति र तेस्रोलिंगीको मोबाइल प्रयोग गर्ने डोलमाया तामाङलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । 

पीडितको परिवारलाई थप पाँच लाख रुपैयाँ पीडित राहत कोषबाट क्षतिपूर्ति भराउनेसमेत फैसला भएको छ । उनको हत्यापछि हेटौँडामा तेस्रोलिंगीसँग सम्बद्ध संघसंस्थाले दबाबमूलक कार्यक्रम गरेका थिए । पक्राउपछि प्रहरीले आरोपीलाई सार्वजनिक गर्दै यौनसम्पर्कपछि रकममा बार्गेनिङ भएसँगै गाडीभित्रै घाँटीमा तारले बेरेर हत्या गरिएको पाइएको बताएको थियो । ट्रकभित्रै हत्या गरेर उनको शव हेटौँडा–५ क्याम्पाडाँडामा फालिएको थियो ।