१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २० बिहीबार १८:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नारायणहिटी दरबार संग्रहालयका जीर्ण संरचना मर्मतसम्भार गर्न मन्त्री आलेको निर्देशन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २० बिहीबार १८:२५:००

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरूलाई मर्मत गर्न निर्देशन दिएका छन् । बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै संग्रहालय परिसरमा जीर्ण अवस्थामा रहेका संरचनाहरूको मर्मतसम्भार गर्न निर्देशन दिएका हुन् । 

संग्रहालय अवलोकनपछि आलेले संग्रहालयभित्रका विभिन्न ठाउँमा बत्तीहरू जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताए । गेटबाहिरको छाना चुहिने अवस्थामा रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए । उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामलाई सम्पन्न गर्नका लागि छुट्टै डिपिआर बनाउन पनि निर्देशन दिएका छन् । 

उनले विगतमा संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनी १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरू भत्काइसकिएको बताए । संग्रहालय परिसरलाई व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले बताए । 

बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनले बताए ।