मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १९ बुधबार १७:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमसिसीका कारण सत्तागठबन्धन टुट्ने अवस्थामा पुग्यो : सिपी गजुरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ १९ बुधबार १७:१८:००

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसिसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको धारणा राखेका छन् । नेता गजुरेलले एमसिसीका कारण सत्तारुढ गठबन्धन अहिले टुट्ने कि भरे टुट्ने भन्ने अवस्थामा पुगेको बताएका हुन् । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले  कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको दाबीसमेत गरे । 

‘अहिले एमसिसीको संकट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराखेको छ । कार्यपालिकामा संकट छ । व्यवस्थापिकाका संकट छ । उनीहरू नै भन्छन् । हामीले मात्रै भनेको होइन,’ नेता गजुरेलले भने, ‘प्रतिक्रियावादीहरूको एउटा हिस्साले के भन्छ भने संकटैसंकट छ । न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ? न्यायपालिका पनि असफल भएको छ । कार्यपालिका पनि असफल भएको छ । व्यवस्थापिका असफल भएको छ ।’

नेता गजुरेलले मुलुकको अर्थतन्त्र ‘कोल्याप्स’ हुने अवस्थामा पुगेको उल्लेख गर्दै यो संकटबाट मुलुकलाई निकास दिन कम्युनिस्ट क्रान्तिकारीहरू सहकार्यका साथ अघि बढनुको विकल्प नरहेको पनि बताए ।