मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ १९ बुधबार १६:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुरक्षा समितिको बैठकमा स्थानीय तहको निर्वाचनको सुरक्षा योजनाबारे छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ १९ बुधबार १६:४२:००

केन्द्रीय सुरक्षा समितिमा आगामी स्थानीय तहको निर्वाचनकेन्द्रित केन्द्रीय सुरक्षा योजना तयार गर्ने विषयमा छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो । 

बैठकमा निर्वाचनकेन्द्रित सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए । सुरक्षा निकायहरूबाट आवश्यक पृष्ठपोषण लिएर अगाडि बढिने पनि उनले बताए । 

‘अहिलेका हाम्रा सुरक्षा इस्युहरू के हुन्, ती इस्युहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल भयो । र, प्रधानमन्त्री र निर्वाचन आयोगबीच जेठ ४ गते चुनाव गर्ने अनौपचारिक रूपमा कुरा भइराखेको रैछ,’ पोखरेलले भने, ‘अब हामीले सुरक्षा कसरी निर्वाचनमा, कुन किसिमले सुरक्षा गर्ने, सबै सुरक्षा निकायबाट त्यसको फिडब्याक लिएर अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो । निर्वाचनकेन्द्रित सुरक्षा योजना कसरी तयार गर्ने, जनशक्तिको व्यवस्थापनलगायतको विषयमा छलफल भयो ।’

बैठकमा देशको समसामयिक सुरक्षा स्थितिको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए ।