मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १८ मंगलबार १९:०२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

मैत्रीपूर्ण फुटबल : मोरिससविरुद्ध नेपालको लगातार दोस्रो जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १८ मंगलबार १९:०२:००

नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण अफ्रिकी देश मोरिससविरुद्ध दोस्रो मैत्रीपूर्ण खेलमा पनि जित निकालेको छ । मंगलबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १-० गोल अन्तरले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाललाई जित दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरे । उनले खेलको १०औँ मिनेटमा गोल गरेका थिए । 

१३औँ मिनेटमा मोरिससका कप्तान एन्डी सोफी पेनाल्टीमा गोल गर्न चुकेका थिए । उनको प्रहार नेपालका कप्तानसमेत रहेका गोलकिपर किरण चेम्जोङले बचाएका थिए । तनावपूर्ण खेलमा नेपाल १० र मोरिसस ९ खेलाडीमा समेटिएका थिए । खेलको ७०औँ मिनेटमा नेपाल र मोरिसस १० खेलाडीमा समेटिएका थिए । झगडामा उत्रिएपछि नेपालका पुजन उपरकोटी र मोरिससका एड्रियन बोटलरलाई रातो कार्ड दिएर रेफ्रीले मैदानबाहिर पठाएका थिए । 

७८औँ मिनेटमा मोरिसस ९ खेलाडीमा समेटियो । गौतम श्रेष्ठलाई फल गरेपछि मोरिससका इम्यानुएलले रातो कार्ड खाँदै मैदान बाहिर गएका थिए । 

यसअघि पहिलो खेलमा पनि मोरिसस १-० गोल अन्तरले पराजित भएको छ ।