मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १८ मंगलबार १६:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध युवा संघले दायर गर्‍यो अख्तियारमा उजुरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १८ मंगलबार १६:४२:००

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई राज्यकोषको दुई अर्ब ५० करोड रुपैयाँ हिनामिनाको आरोप लगाउँदै नेकपा एमालेमाआबद्ध राष्ट्रिय युवा संघ, नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ। 

खतिवडाले जिम्मेवारी बहन गरेपछि कोभिड– १९ विरुद्धको २४ लाख डोज खोप हराएको र सोको मूल्य करिब दुई अर्ब ५० करोड रुपैयाँ रहेकाले हिनामिनामा मन्त्रीको संलग्नता रहेको राष्ट्रिय युवा संघ, नेपालले आरोप लगाएको छ। मन्त्री खतिवडा र यस कार्यमा संलग्न व्यक्तिहरूउपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८ र १७ तथा अन्य कानुनी प्रावधानबमोजिम कारबाही गर्न माग गरिएको संघका अध्यक्ष किरण पौडेलले बताए। 

उनले जनताको सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट खोप हराउनु लज्जास्पद र जनघाती कदम भएको बताए। ‘स्वास्थ्य मन्त्रालयभित्रैबाट २४ लाख डोज खोप हराएको छ। जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिएको सरकार र स्वास्थ्य मन्त्रालयभित्रैबाट २४ लाख डोज खोप हराउनु भनेको अत्यन्त लज्जास्पद र अत्यन्त जनघाती कदम हो। कहीँ स्टोरेजको लिकेजबाट अथवा अन्य डाटाबेस संकलन नभएको भन्ने कुतर्क दिँदै यो प्रकरणको ढाकछोप गर्न खोजिएको छ। दुई अर्ब ५० करोड रुपैयाँबराबरको राज्यस्रोतको दुरुपयोग भएको छ। भ्रष्टाचार छ । स्वास्थ्यमन्त्री र यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको छानबिन गरी आवश्यक कारबाहीको प्रक्रियामा ल्याउनको निम्ति मुद्दा दर्ता गरेका छौँ।’

अध्यक्ष पौडेलले मन्त्री खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३ बमोजिम उजुरी दर्ता गराएको बताए।