मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १७ सोमबार ०६:०७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मानन्धरले जिते टिभिएसको बम्पर उपहार प्रोटोन सागा कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १७ सोमबार ०६:०७:००

दसैँ, तिहार र छठलाई लक्षित गर्दै टिभिएसले ल्याएको उपहार योजनाअन्तर्गतको बम्पर पुरस्कार भक्तपुरका विनोद मानन्धरले जितेका छन् । टिभिएसको एनटर्क आसटी–एफवान किनेका मानन्धरले बम्पर उपहारका रूपमा प्रोटोन सागा कार जितेका हुन् । 

कम्पनीले आयोजना गरेको उपहार योजनाअन्तर्गत ६ पटकसम्म उपहार जित्न मिल्ने गरी सञ्चालन गरिएको कम्पनीले जनाएको छ । ग्राहकले विभिन्न टिभिएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल विभिन्न आकर्षक तथा भव्य उपहारहरू प्राप्त गरेको कम्पनीको दाबी छ । योजना भदौ १६ बुधबारबाट प्रारम्भ भई मंसिर १४ गते मंगलबार समाप्त भएको थियो । योजनाअन्तर्गत हरेक हप्ता पूर्ण क्यासब्याक जित्ने विजेतामा सकिन धोबी, रवीन्द्र दंगौरा, प्रज्ञा केसी, कुमार कार्की, राजकुमार खरेल, सरस्वती चन्द, कृष्णप्रसाद भट्टराई र केशवकुमार रावल रहेको कम्पनीले जनाएको छ । 

यसका साथै खड्गी माया आङ्देम्बे र विना नेम्वाङले टिभिएस प्राइजको सरप्राइजअन्तर्गत आरआर ३१० जितेको जनाइएको छ । कम्पनीले नेपालमा टिभिएस टू–ह्विलर्सका लागि एक मात्र आधिकारिक वितरक भएको जनाएको छ । कम्पनीले देशभरमा एक सय ४५ भन्दा बढी डिलरमार्फत टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरूको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको दाबी गरेको छ ।