१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७८ माघ १६ आइतबार २०:३४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७८ माघ १६ आइतबार २०:३४:००

नेपालबाट पहिलोपटक मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन भएको छ । विगत ६ वर्षदेखि मिडियाशोध, पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र र जिम्मेवार प्रेसको क्षेत्रमा कार्यरत संस्था मिडिया एक्सन नेपाल अन्तर्राष्ट्रिय नेटवर्कमा चयन भएको हो । 

जनवरी २०२० मा स्थापना गरिएको मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क  प्रेस स्वतन्त्रता र मिडिया विकासका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय  संस्थाहरूको समूह हो । जसले मिडिया फ्रिडम कोलिसनको काममा सल्लाह दिन्छ र राज्यको हस्तक्षेप आवश्यक छ भन्ने विश्वास गरिएका घटनाहरूको छनोटलाई सहजीकरण गर्ने गर्छ । 

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले भने, ‘मिडियाले  स्वतन्त्र र निर्भीक रूपले काम गर्ने वातावरण बनाउन विश्वका सरोकारवालाहरूले मिलेर मिडिया अधिकार उल्लंघनका घटनामा दण्डहीनताको विषयलाई सम्बोधन गर्न आवश्यक छ ।’