Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७८ माघ १६ आइतबार २०:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संरचना निर्माण र नामाकरण टुंगो लगाउन प्रदेश १ सरकारले बनायो कार्यदल 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ माघ १६ आइतबार २०:११:००

प्रदेशको नामकरणबारे विज्ञ र सरोकारवालासँग छलफल थाल्न र प्रदेशको आन्तरिक संरचना निर्माण गर्न प्रदेश १ सरकारले अलगअलग समिति निर्माण गरेको छ । आइतबार साँझ बसेको प्रदेश १ मन्त्रिपरिषद् बैठकले प्रदेशको नामकरणबारे विज्ञ र सरोकारवालासँग छलफल गर्न सामाजिक विकासमन्त्री जयराम यादवको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

प्रदेश १ सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार उक्त्त कार्यदलले आवश्यक छलफल गरेर नामकरणबारे सरकारलाई प्राथमिकताका आधारमा प्रतिवेदन दिनेछ । र, सरकारले सोही प्रतिवेदनका आधारमा प्रदेश सभामा नामकरणबारे प्रस्ताव दर्ता गराउनेछ । 

बैठकले प्रदेशको आन्तरिक संरचना निर्माणका लागि जग्गा खोज्न पनि कार्यदल गठन गरेको छ । प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको नेतृत्वमा गठन भएको कार्यदलमा बृहत्तर विराटनगर क्षेत्रभित्र पर्ने मोरङको विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान गाउँपालिका र सुन्दरहरैँचा नगरपालिकाका प्रमुख र  सुनसरीको इटहरी उपमहानगरपालिका र  दुहबी नगरपालिकाका प्रमुख सदस्य रहनेछन् ।

प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासनिक सुधार आयोग सदस्य सचिव रहने उक्त्त कार्यदलले आवश्यक पर्ने जग्गा खोजबिन गरी संरचना एकैठाउँमा निर्माण गर्न सरकारलाई प्रतिवेदन दिनेछ ।