मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सोनी राई सोलुखुम्बु
२०७८ माघ १४ शुक्रबार ०८:५६:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

५०२० मिटरमा म्युजिक भिडियो छायांकन गरी विश्व कीर्तिमान

Read Time : > 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ माघ १४ शुक्रबार ०८:५६:००

नेपाली पाँच युवाले विश्वकै अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएका छन् । सोलुखुम्बुस्थित पाँच हजार २० मिटर उचाइमा रहेको खारे (मेरा पिकजाने बाटो)मा पुगेर उनीहरूले छायांकन गरेको म्युजिक भिडियोलाई गिनिज बुक अफ वर्ल्ड  रेकर्डले कीर्तिमानको मान्यता दिएको हो ।

गीतकार बुद्धिराज राई (दुर्लभ जन्तरे), गायक टेक नाछिरिङ र शिखरजंग श्रेष्ठ (गजरकोटे), गायिका माया गुरुङ,  मोडल तथा डान्सर सिर्जना किराँतीले म्युजिक भिडियो छायांकन गरेर कीर्तिमान राखेका हुन् । ‘सुन्दर हिमाल’ बोलको यो गीत बुद्धिराज राईले लेखेका हुन् । 

यसअघि उच्च स्थानमा म्युजिक भिडियो छायांकन गरेर गिनिज बुकमा ‘हाइयस्ट अल्टिच्युड म्युजिक भिडियो अन ल्यान्ड’ शीर्षकमा नेपाली युवाहरू सञ्चबहादुर राई, पुस्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलले कीर्तिमान राखेका थिए । उनीहरूले चार हजार आठ सय १४ मिटर उचाइमा रहेको गोक्यो तालआसपासमा छायांकन गरेका थिए ।

स्थलगत रेकर्डिङ गरिएको गीतमा शिवराज जोशीले मादल, डम्बर सिंह राईले बाँसुरी र टेक नाछिरिङले किबोर्ड बजाएका छन् । गीत रेकर्ड शिखरजंगले गरेका हुन् । म्युजिक भिडियोको निर्देशन बुद्धिराजले गरेका हुन् । 

गंगाराम राईको छायांकन रहेको म्युजिक भिडियो गाउँले इन्टरटेनमेन्टले पोस्ट प्रोडक्सन गरेको हो । गीत रेकर्डिङ र भिडियो छायांकन १ सेप्टेम्बर सन् ०२१ मा सम्पन्न भएको थियो । कीर्तिमानी गीत र भिडियो केही दिनमै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

बुद्धिराज गीतकार तथा निर्देशक हुन् । उनले दर्जनभन्दा बढी गीत लेखेका छन् । अन्य कलाकार टेक नाछिरिङ, सिर्जना किराँती पनि सोलु सोताङमै जन्मेका हुन् । स्याङ्जाली माया गुरुङ दोहोरी गायिका हुन् । तनहुँ घिरिङ गाउँपालिका–१ गजरकोटमा जन्मेका शिखरजंग पत्रकार पनि हुन् । उनी एक दशकदेखि रेडियो पत्रकारितामा सक्रिय छन् ।