१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ १२ बुधबार १६:२८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा ९८.९५ प्रतिशत मत खस्यो

Read Time : < 1 मिनेट
२०७८ माघ १२ बुधबार १६:२८:००

कर्णाली प्रदेशमा राष्ट्रिय सभाको निर्वाचनमा ९८.९५ प्रतिशत मत खसेको छ। राष्ट्रिय सभा सदस्य चयनका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट ९८.९५ प्रतिशत मत खसेको हो। कर्णालीमा रहेका एक सय ९१ मतदातामध्ये एक सय ८९ जनाले मतदान गरेका छन् भने दुईजना मतदाता अनुपस्थित भएका छन्। 

राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सभा सदस्य एकजना र एकजना पालिकाका उपप्रमुख मतदानमा अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यलयका सूचना अधिकारी निर्मला रेग्मीले बताइन्। ‘स्थानीय तहअन्तर्गत ९९.३५ प्रतिशत मत खसेको छ,’ उनले भनिन्, ‘प्रदेश सभाअन्तर्गत ९७.१४ प्रतिशत मत खसेको छ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सभा सदस्य सोशीला शाहीले मतदान गरिनन् भने कालिकोट तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली दुई वर्षदेखि अमेरिका रहेका कारणले अनुस्थित रहेकी थिइन्।