Read Time : < 1 मिनेट
२०७८ माघ ११ मंगलबार १७:२१:००
पछिल्लो २४ घण्टामा थप १२ हजार आठजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २५ हजार ९०९ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पिसिआर विधिबाट १८ हजार १०३ र एन्टिजेन विधिबाट सात हजार ८०६ जनाको परीक्षण गर्दा क्रमशः नौ हजार ४३२ र दुई हजार ५७६ जनामा संक्रमण देखिएको हो।
यस अवधिमा आठ संक्रमितको मृत्यु भएको छ भने तीन हजार ४० संक्रमित निको भएका छन्। नेपालमा सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ पुगेको छ। मंगलबार देशभर दुई लाख ३९ हजार ८५१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।