मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका कञ्चनपुर
२०७८ माघ ११ मंगलबार १४:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

४९ स्वास्थ्यकर्मी संक्रमित भएपछि कञ्चनपुरमा स्वास्थ्य सेवा प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कञ्चनपुर
२०७८ माघ ११ मंगलबार १४:३६:००

कञ्चनपुरमा ४९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार गत पुसदेखि ११ माघसम्म ४९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

जिल्लाका विभिन्न स्वास्थ्य चौकी, महाकाली अस्पतालसहितका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएका हुन्। उनीहरू होम आइसोलेसन र संस्थागत आइसोलेसनमा बसेका छन्।

कार्यालयका कोभिड संयोजक सिद्धराज भट्टले स्वास्थ्यकर्मी संक्रमित भएसँगै नियमित स्वास्थ्य सेवा प्रभावित भएको बताए। ‘स्वास्थ्यकर्मी संक्रमित हुँदा पूरै स्वास्थ्य संस्था बन्द गरिएको छैन,’ उनले भने, ‘तर, नियमित सेवामा भने प्रभाव परेको छ।’