मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ११ मंगलबार १४:०१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ११ मंगलबार १४:०१:००

छ्याङ्दी हाइड्रोपावर लिमिटेडले मंगलबारदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १० कित्ताबराबर नयाँ तीन कित्ता सेयरको अनुपात (१०ः३) मा प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा आठ करोड ९३ लाख दुई हजार पाँच सय रुपैयाँबराबरको आठ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयरकोे बिक्री खुला गरेको हो।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गत पुस २० गतेसम्म कारोबार भई कायम कम्पनीका सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन्। जसका लागि कम्पनीले पुस २१ मा सेयरधनी दर्ता किताब बन्द अर्थात् बुकक्लोज गरेको थियो। जसअनुसार पुस २० सम्म कायम कम्पनीका सेयरधनीले हकप्रद सेयर खरिदका लागि आजदेखि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ।

सेयरधनीले नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटलको कार्यालय तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयका साथै नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सिआस्वा प्रणालीमार्फत सेयर दरखास्त फाराम बुझाउन सक्नेछन्। त्यस्तै, अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार हकप्रदमा बिक्री खुला भएको २१ दिनसम्म अर्थात् आगामी फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ।

त्यस्तै, धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बिबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ। हाल २९ करोड ७६ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी हकप्रद निष्कासन गरी बाँडफाँडपश्चात् ३८ करोड ६९ लाख ७७ हजार पाँच सय रुपैयाँ पुग्नेछ। रासस