मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ११ मंगलबार ०७:५४:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

नेपालमा कोरोना संक्रमणदर ४९.८ प्रतिशत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ११ मंगलबार ०७:५४:००

चिकित्सकहरू भन्छन्– खोपको प्रयोग, अत्यधिक संक्रमणले नै बिस्तारै महामारी अन्त्यतिर गइरहेको सत्य हो 

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्– 

अधिकांश मानिसमा एकपटक संक्रमण भइसकेपछि भाइरस कमजोर बन्दै जानु स्वाभाविक हो । कुनै समय तहल्का मच्चाएका स्वाइनफ्लु, हङकङ फ्लुको उदाहरण लिन सकिन्छ, जुन अहिले नियन्त्रणमा छन् । म्युटेसन आफैँमा खराब होइन र अर्को भेरियन्ट आउँदैमा खोपको प्रभाव शून्य हुन्छ भन्ने हुँदैन । खोपको प्रयोग, अत्यधिक संक्रमणले नै बिस्तारै महामारी अन्त्यतिर गइरहेको सत्य हो ।

नेपालमा कोरोना संक्रमणदर ४९.८ प्रतिशत छ । पछिल्लो २४ घन्टामा गरिएको परीक्षणको आधारमा देशभर संक्रमणदर ४९.८ प्रतिशत देखिएको हो । आइतबार ३७ प्रतिशतमा झरेको कोभिड दैनिक संक्रमण सोमबार बढेको छ । 

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार सोमबार देशभर २१ हजार दुई सय एकजनामा परीक्षण गर्दा १० हजार तीन सय १९ संक्रमित थपिएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ८२ हजार पाँच सय ५० पुगेको छ । सोही अवधिमा दुई हजार पाँच सय ४० जना निको भएका छन् । कोरोना संक्रमणबाट थप चारजनाले ज्यान गुमाएका छन् ।

पछिल्ला भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक भएको पुष्टि भइसकेकाले संक्रममण बिस्तारै कमजोर हुँदै गएको चिकित्सकहरू बताउँछन् । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोभिडको तेस्रो लहर कमजोर हुनुमा संक्रमण बढे पनि प्रतिरोधी क्षमता कम हुनु र टी सेलहरू सक्रिय हुनु रहेको बताए । 

‘अधिकांश मानिसमा एकपटक संक्रमण भइसकेपछि भाइरस कमजोर बन्दै जानु स्वाभाविक हो । कुनै समय तहल्का मच्चाएका स्वाइनफ्लु, हङकङ फ्लुको उदाहरण लिन सकिन्छ, जुन अहिले नियन्त्रणमा छन् । म्युटेसन आफैँमा खराब होइन र अर्को भेरियन्ट आउँदैमा खोपको प्रभाव शून्य हुन्छ भन्ने हुँदैन ।

खोपको प्रयोग, अत्यधिक संक्रमणले नै बिस्तारै महामारी अन्त्यतिर गइरहेको सत्य हो,’ उनले भने ।नेपालमा हालसम्म लक्षित जनसंख्याको ८१.८ प्रतिशतले खोपको एक मात्रा र ६५.१ प्रतिशतमा खोपको पूर्ण मात्रा लगाएका छन् ।