मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ११ मंगलबार ०७:२०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

लगानीकर्ता आत्तिदा नेप्सेमा सय अंकको गिरावट, कारोबार रकम भने आठ अर्बमाथि

साना लगानीकर्ता प्रोफिट बुकमा, ठूला बजार प्रवेशमा सक्रिय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ११ मंगलबार ०७:२०:००

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा एक सय अंकको गिरावट आएको छ । एक सय १६ अंकसम्म घटेको बजार बन्द हुने वेलासम्म सम्हालिएर ९९ दशमलव ८६ अंकसम्म फर्किएर बन्द भएको हो । यस दिन नेप्से दुई हजार ८२० दशमलव ६५ अंकमा आइपुगेको छ ।त्यस्तै ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १८ दशमलव शूून्य आठ अंकले घटेर पाँच सय २६ दशमलव शून्य तीन बिन्दुुमा पुुगेर बन्द भएको छ । 

प्रोफिट बुुक गर्ने र घटेको बजारमा प्रवेश गर्ने लगानीकर्ता हाबी हुुँदा बजारले विश्राम लिएको लगानीकर्ता नवराज दाहाल बताउँछन् । साना लगानीकर्ता प्रोफिट बुुक गर्ने र ठूला लगानीकर्ता केही घटाएर बजार प्रवेश गर्ने सोचका साथ सक्रिय भएका कारण बजारमा गिरावट आएको उनको भनाइ छ । ‘आजको मार्केट करेक्सन नभएर विश्राम हो, नाफा बुुक गर्ने र बजार प्रवेश गर्ने लगभग सकिएकाले नै बजार फर्किने प्रयासमा देखिन्छ,’ दाहालले भने ।

कारोबार रकम चार महिनापछिको दोस्रो धेरै कारोबार भएको छ । यसअघि अघिल्लो हप्ताको आइतबार नौ अर्बमाथिको कारोबार भएको थियो । सोमबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुुई सय २८ स्क्रिप्टको एक करोड ७० लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुुँदा आठ अर्ब ८८ करोड ८५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावर कम्पनी, एनआइसी एसिया बैंक, अरुण भ्याली हाइड्रोपावर, अपर तामाकोसी हाइड्रोपावर, नेपाल दूूरसञ्चार कम्पनीको सेयर कारोबार १९ करोड रुपैयाँदेखि ३८ करोड ३४ लाख रुपैयाँसम्मको भएको छ । 

यस दिन एक सय ८५ वटा स्क्रिप्टको मूूल्य घटेको छ भने ६ वटा स्क्रिप्टको मात्र मूूल्य बढेको छ । कर्णाली डेभलपमेन्ट बैंक, माउन्टेन हाइड्रो नेपाल, आशा लघुुवित्त वित्तीय संस्था र ओरिएन्टल होटेल कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा बढीले घट्दा यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुुमाएका छन् ।विन लघुुवित्त वित्तीय संस्था र बुुद्धिभूूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूूल्य १० प्रतिशतले बढेर सर्किट मूूल्यमा कारोबार भएको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्सको सेयर मूूल्य १ प्रतिशतभन्दा बढीले बढेको छ । ज्योति लाइफ इन्स्योरेन्सको लाभांश प्रस्तावमा बोनस सेयरको अनुुपात परिमार्जनसँगै सोमबार पनि कम्पनीको सेयर मूूल्य सकारात्मक रहन पुुगेको छ । यस दिन कारोबारमा आएका १३ वटै समूूहका सूूचक घट्न पुुगेका छन् । फाइनान्स, जलविद्युुत्, विकास बैंक समूूहको सेयर मूूल्य सबैभन्दा धेरै अर्थात् ४ प्रतिशत बढीले घटेको छ ।

सेयर गतिविधि
एनआइसी एसिया बैंकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकले अस्वीकृत गरेको छ । राष्ट्र बैंकले क्यापिटल कन्जरभेसन बफर पर्याप्त नभएको कारण देखाउँदै लाभांश प्रस्ताव रद्द गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्षको मुुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र शूून्य दशमलव ७९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।