१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १० सोमबार १३:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्मचारी समायोजन र लोकसेवा परीक्षाबारेका मुद्दाको सुनुवाइ पूर्ण इजलासमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १० सोमबार १३:३२:००

सर्वोच्च अदालतमा कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित २५ मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार ७ माघमा हेर्दाहेर्दैमा राखिएको मुद्दाको सुनुवाइ न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा सुरु भएको हो।  

शिवहरि दाहाल, अनमोल भट्टराई, इन्द्रकमल सिवाकोटीलगायतले दायर गरेका मुद्दाहरूको सुनुवाइ न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदी सम्मिलित पूर्ण इजलासमा भइरहेको छ। मुद्दामा लोकसेवा आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइएको छ। 

सर्वोच्चले कर्मचारी समायोजन र लोकसेवा आयोगका परीक्षासँग सम्बन्धित सबै मुद्दालाई एकै मुद्दाको रूपमा (लगाउ) राखेर सुनुवाइ गर्न आदेश दिएको थियो। यससँगै २९ पुसबाट एकसाथ सुनुवाइ सुरु भएको मुद्दामा ७ माघमा दोस्रोपटक सुनुवाइ भएको थियो।