Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १० सोमबार १२:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफ्नो अभिव्यक्तिको अपव्याख्या गरी भ्रम फैलाइएको मन्त्री रेणु यादवको स्पष्टीकरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १० सोमबार १२:३५:००

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित गरी भ्रम फैलाइएको बताएकी छिन्। सोमबार एक विज्ञप्ति जारी गर्दै जसपा सांसदसमेत रहेकी यादवले आफ्नो अभिव्यक्तिको अपव्याख्या गरी भ्रम फैलाइएको स्पष्टीकरण दिएकी हुन्।

मन्त्री यादवले रौतहटको गौरमा आयोजित सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर हत्याकाण्ड जसरी नै ज्यान लिने धम्की दिएपछि चौतर्फी आलोचना भएको थियो।

‘मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरूद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तरिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

आफ्नो अभिव्यक्ति व्यक्तिगत रूपमा कसैप्रति लक्षित नभएकाले सामान्य रूपमा लिन अनुरोध गर्दै उनले आगामी दिनमा यसप्रति सचेत रहने बताएकी छिन्।