Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ माघ १० सोमबार ०९:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

टर्च बालेर सरकारको विरोध

Read Time : < 1 मिनेट
२०७८ माघ १० सोमबार ०९:५२:००

प्रतिपक्ष पार्टी नेकपा एमालेकाे भ्रातृ संगठन अनेरास्ववियु काभ्रेले टर्च बालेर सरकारको विरोध गरेको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको, स्थानीय निर्वाचन समयमै गर्नुपर्ने भन्दै आइतबार साँझ सरकारको विरोध गरेको हो ।  बनेपाको चारदोबाटोदेखि तीन दोबाटोसम्म टर्च बालेर नाराजुलुससहित सरकारको विरोध गरेकाे हाे । विरोध गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन पनि गरेका थिए ।

सरकारले पेट्रोलियम पदार्थमा चर्काे मूल्यवृद्धि गरेकाले सरकार कहाँ छ भनेर खोज्नलाई टर्च बालेर विरोध जनाएको अनेरास्ववियु काभ्रेका अध्यक्ष अशोक खनालले बताए । ‘वर्तमान सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेकाले मूल्यवृद्धि फिर्ता गर्न विरोधस्वरूप हामीले सांकेतिक रूपमा टर्च बालेर र पुत्ला दहन गरेर विरोध गरेका हौँ,’ अध्यक्ष खनालले भने ।

सरकारले स्थानीय तहको निर्वाचन समयमा नगर्ने देखिएकाले स्थानीय तहको निर्वाचन समयमै गर्नका लागि दबाबस्वरूप पनि र्‍याली गरेको खनालको भनाइ छ ।