मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ ९ आइतबार १८:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

निसासिएर तीनमहिने शिशुको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ माघ ९ आइतबार १८:१७:००

भक्तपुरको सूर्यविनायक नगरपालिका– ४ दधिकोट गाम्चामा तीनमहिने शिशुको निसासिएर मृत्यु भएको छ । रामेछापको मन्थली नगरपालिकाका अभिशेक रम्तेलका छोराको मृत्यु भएको हो । 

प्रहरीका अनुसार आइतबार साँझ कराइमा कोइला बालेर उनीहरू सुतेका थिए । बिहान अबेरसम्म ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

ढोका फोडेर कोठाभित्र छिर्दा अभिशेक, उनकी श्रीमती पसुना तामाङ र तीन महिने शिशु अचेत अवस्थामा फेला परेका थिए । प्रहरीले उनीहरूलाई तुरुन्तै उपचारका लागि अस्पताल लगेको थियो । 

उपचारका क्रममा शिशुको मृत्यु भएको छ । अभिशेक र पसुनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।