१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७८ माघ ९ आइतबार १७:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सीमानाकामा कडाइ गर्ने निर्णय

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ माघ ९ आइतबार १७:४७:००

कञ्चनपुरस्थित नेपाल–भारत सीमानाकामा आवतजावतमा कडाइ गरिने भएको छ । कोरोना महामारी बढ्दै गएपछि जिल्ला कोभिड व्यवस्थापन समितिले सीमा नाकाहरूमा कडाइ गर्ने निर्णय गरेको हो । 

आइतबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षमा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आइतबार १२ बजेदेखि लागू हुने गरी आवतजावतमा कडाइ गर्ने निर्णय गरेको हो । 

अति आवश्यकीय कामका लागि कोभिड १९ विरुद्ध लगाएको खोप कार्ड मोबाइलमा राखेर सुरक्षाकर्मीलाई देखाउनुपर्ने भएको छ । विवाह, ब्रतवन्धजस्ता सामाजिक कार्यका लागि २५ जनाभन्दा बढी जम्मा नहुन भनिएको छ । 

एम्बुलेन्समा अनिवार्य जिपिएस राख्न लगाउने र सचेतनाका लागि अभियान सञ्चालन गर्ने निर्णय पनि भएको छ ।