मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ९ आइतबार १७:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगको निर्देशनविरुद्ध राप्रपाले राजनीतिक र कानुनी उपचार खोज्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ९ आइतबार १७:०५:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिन्दुराष्ट्र, राजसंस्था, पार्टीको झन्डालगायतका विषयमा निर्वाचन आयोगले उठाएका प्रश्न संविधानको मर्म र भावनाविपरीत रहेको एवं पूर्वाग्रही भएको प्रतिक्रिया दिएको छ । आइतबार पार्टीका महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्तिमार्फत राप्रपाले आयोगको निर्णय पूवाग्रही रहेको भन्दै त्यसको राजनीतिक र कानुनी उपचार खोज्ने बताएको हो । 

निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दुराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्र’ भन्ने वाक्यांश संविधानको प्रतिकूल भएको र पार्टी विधानबाट सो वाक्यांश हटाउन राप्रपालाई निर्देशन दिएको थियो । 

आयोगको सो निर्देशन राप्रपाको मूल्य र मान्यताविपरीत भएको बताउँदै आइतबार राप्रपाका महामन्त्री भुवन पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगतमा पार्टीले प्रयोग गर्दै आएको, निर्वाचन आयोगले समेत मान्यता प्रदान गरेको राप्रपाको झन्डामा र राप्रपाको चुनाव चिह्नको रूपमा समेत प्रयोग भई स्थानीय तह, प्रादेशिक तथा संघीय निर्वाचनमा समेत निर्वाचित भएको सन्दर्भमा आयोगको निर्देशन पूर्वाग्रही देखिएको राप्रपाको ठहर छ ।’

निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने निर्णय राप्रपाले गरेको पनि विज्ञप्तिमा उल्लेख छ । 

हेर्नुहाेस् विज्ञप्ति :