१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार १६:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपचार नपाएर पत्रकार विश्वकर्माको निधन भएको विषयमा काउन्सिलको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार १६:५३:००

सहज उपचार नपाएर पत्रकार लालबहादुर (एलबी) विश्वकर्माले मृत्युवरण गर्नुपरेको विषयमा प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलले आइतबार एक विज्ञप्ति जारी गर्दै श्रमजीवी पत्रकारले आर्थिक अभावमा मृत्युवरण गर्नु निन्दनीय विषय भएको औँँल्याएको छ।

विश्वकर्माको पारिवारिक स्रोतका अनुसार थोरै रकम अपुग भएका कारण निजामती कर्मचारी अस्पतालले भर्ना नलिएपछि पाटन अस्पताल पुर्‍याएपछि यही माघ ६ गते उनको निधन भएको थियो। 

काउन्सिलले श्रमजीवी पत्रकार अस्पतालमा प्रवेश गरिसकेपछि उपचार नपाएर ज्यान गुमाउनु राज्यकै लज्जाको विषय रहेको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ।