Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार १६:३७:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

झन्डै ११ अंकले घट्यो नेप्से, कारोबार रकम सात अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार १६:३७:००

साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ। आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर दुई हजार नाै सय २०.५१ बिन्दुमा झरेको छ। नेप्से परिसूचकमा गिरावट आए पनि सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंक बढेको छ।

आइतबार कारोबारमा आएका दुई सय ३२ कम्पनीको एक करोड ४७ लाख चार हजार कित्ता सेयर सात अर्ब तीन करोड पाँच लाख आठ हजार रुपैयाँबराबरमा कारोबार भएको छ। आज कारोबारमा आएका १३ उपससमूहमध्ये आठ उपसमूहको परिसूचकमा गिरावट आएको छ भने पाँच उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य र जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ भने निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड उपसमूहको परिसूचक थोरै मात्रै बढेको छ।

यता, वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी २.७७ प्रतिशत घटेको छ। व्यापार, होटेल तथा पर्यटन, विकास बैंक, जलविद्युत् र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ। आइतबार विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सामलिङ पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढीले घटेको छ।