मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार १५:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन तहको निर्वाचनबारे कानुन व्यवसायीसँग छलफल गर्दै सत्तागठबन्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार १५:३७:००

सत्तागठबन्धनले तीन तहको निर्वाचनबारे कानुन व्यवसायीसँग छलफल गर्ने भएको छ। गठबन्धनले आफूनिकट कानुन व्यवसायीसँग छलफल गर्न लागेको हो। पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठका अनुसार आइतबार दिउँसो ४ बजे कानुन व्यवसायी र गठबन्धनसम्बद्ध दलका नेताहरूबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल हुन लागेको हो। ‘कानुन व्यवसायी र गठबन्धनसम्बद्ध दलका नेताहरूबीच छलफल हुन लागेको हो,’ पूर्वमहान्यायाधिवक्ता श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘निर्वाचनलगायतका विषयमा छलफलमा बोलाइएको छ।’

सत्तागठबन्धनका शीर्ष नेताहरूले कात्तिक–मंसिरमा तीनवटै निर्वाचन गराउने गरी निर्णायक कसरत थालेका छन् । स्थानीय तहका पदाधिकारीको समयावधिबारे संविधान र कानुनविद्सँग छलफल गरेर टुंगोमा पुग्ने र कात्तिक–मंसिरमा तीनवटै निर्वाचन गराउने गठबन्धनका नेताहरूको योजना छ। 

तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने भन्दै यसको विरोध गरिरहेको छ।