१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार १३:३२:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

पूर्वराजदूतहरूको अनुभव समेटिएको पुस्तक सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार १३:३२:००

अवकाशप्राप्त करिअर राजदूतहरूको संस्था एसाेसिएसन अफ फर्मर करिअर एम्ब्यासडर्स अफ नेपाल (अफकान)ले अफकान रिभ्यु पुस्तक सार्वजनिक गरेको छ। परराष्ट्रसचिव भरतराज पौड्यालले आइतबार भर्चुअल माध्यमबाट अफकान रिभ्यु २०२१ पुस्तक विमोचन गरेका छन्। परराष्ट्र मन्त्रालयबाट राजदूत भएकाहरूको अनुभव तथा लेख समेटेर अफकानले पुस्तक प्रकाशन गरेको हो। 

अफकानका अध्यक्ष पूर्वराजदूत डा. रामभक्त पिवी ठाकुरका अनुसार आइतबार सार्वजनिक पुस्तक दोस्रो हो। नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनका लागि उपयोगी हुने गरी अनुभवमा आधारित लेख समेटिएको ठाकुरले जानकारी दिए। पुस्तकमा पूर्वपरराष्ट्रसचिव डा. मदनकुमार भट्टराई, मधुरमण आचार्य, ज्ञानचन्द्र आचार्य, पूर्वराजदूतहरू केदारभक्त श्रेष्ठ, पारस घिमिरे, प्रद्युन्नविक्रम राणा, डा. मोहन लोहनी, गोपाल थापा, मोहनकृष्ण श्रेष्ठ, भगीरथ बस्नेतलगायतका लेख समेटिएको छ। 

पूर्वपरराष्ट्रसचिव भट्टराईले कार्यक्रमलाई सम्बोधन गर्दै पुस्तकले अन्तर्राष्ट्रिय घटनाक्रम तथा नेपालको सम्बन्धलाई समेटेको बताए। उनले पूर्वराजदूतहरूको अनुभव र दृष्टिकोण समेटिएको पुस्तक उपयोगी हुने पनि विश्वास व्यक्त गरे। पुस्तकमा नेपाल–भारत सम्बन्ध, अमेरिका–चीन सम्बन्ध, अमेरिकाको हिन्द प्रशान्त रणनीति, भारतको बिआरआईसँग नेपालको सम्बन्ध, नेपाल बंगलादेश सम्बन्ध, तालिवानपछि अफगानिस्तानको अवस्था, नेपालको परराष्ट्रनीतिसम्बन्धी हुन छाडेका बहसलगायतका विषय समेटिएको भट्टराईले बताए।