Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार १३:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको प्रश्न– २४ लाख डोज खोप कसले लुकायो वा बेच्यो ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार १३:११:००

नेकपा एमालेले कोरोनाविद्धको २४ लाख डोज खोप कहाँ गयो भन्दै जवाफ मागेको छ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै कहाँ गयो यति धेरै मात्राको खोप भन्दै प्रश्न गरेका छन्।

‘कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ? एकातिर यति धेरै मात्रा खोप गायव पारिएकोछ भने अर्कातिर भण्डारणमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौँ नागरिक खोपबाट वञ्चित छन्,’ विज्ञप्तिमा भनिएको छ।

सिरिन्ज र आधारभूत औषधि सिटामोलसमेत उपलब्ध गराउन नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको एमालेले बताएको छ। सरकारले स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेर जनस्वास्थ्यको विषयमाथि खेलवाड गरेको पनि एमालेको आरोप छ।