१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार १२:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कुनै बहानामा स्थानीय तह निर्वाचनको मिति धकेल्न पाइँदैन : एमाले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार १२:५७:००

एमालेले स्थानीय तहको निर्वाचनको मिति पर धकेल्न खोजे आफूहरूलाई मान्य नहुने बताएको छ। एमाले अध्यक्ष केपी ओलीले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने विषयमा एमाले स्पष्ट, द्विविधारहित र दृढ अडानमा रहेको बताएका छन्। ‘यस सम्बन्धमा गरिने कुनै पनि अलमल, धोखाधडी र बहानाबाजी पार्टीलाई किमार्थ स्वीकार्य हुनेछैन,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिनिधिसभाको निर्वाचन ०७९ वैशाखमा गर्ने कार्ड गठबन्धनले फ्याँकेको भन्दै एमालेले त्यसमा असल मनसाय नरहेको बताएको छ। स्थानीय निर्वाचन पर धकेल्ने र मुलुकमा राजनीतिक अन्याेल सिर्जना गर्ने गलत नियतका साथ अगाडि ल्याइएको एमालेले बताएको छ। 

जुनसुकै वेलामा निर्वाचन भएमा पनि एमाले सामना गर्न तयार रहेको ओलीको विज्ञप्तिमा उल्लेख छ। एमाले गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको र त्यस मान्यताप्रति अडिग रहेको पनि ओलीले स्पष्ट पारेका छन्। कुनै बहानामा स्थानीय तहको निर्वाचन पर नधकेल्न एमालेले चेतावनीसमेत दिएको छ।