मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ माघ ९ आइतबार १२:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङ प्रवेशका लागि खोपकार्ड अनिवार्य

Read Time : < 1 मिनेट
२०७८ माघ ९ आइतबार १२:१५:००

हिमाली जिल्ला मनाङ प्रवेशमा कडाइ गरिएको छ । कोरोनाका सक्रिय संक्रमित शून्य रहेको जिल्ला मनाङमा  बाहिरबाट आउनेलाई  कडाइ गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । प्रजिअ आचार्यका अनुसार मनाङमा  कोरोनाको सक्रिय संक्रमित नभएकाले बाहिरी जिल्लाबाट संक्रमित आउन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको हो । मनाङ प्रशासनले सूचना जारी गरेर माघ ७ गतेदेखि जिल्ला प्रवेश गर्न अनिवार्य खोप कार्ड देखाउनुपर्ने बताएको छ। 

स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले मनाङमा कोरोनाको सक्रिय संक्रमित शून्य भएकाले जिल्लामा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको  बताए । मनाङमा भदौ २६ देखि  सक्रिय संक्रमित छैनन् । मनाङमा कोरोनाको दोस्रो लहर सुरु भएयता दुई सय २३ जना कोरोना संक्रमित भएका छन् । यीमध्ये चार जनाको मृत्यु भएको थियो ।

खोप कार्डविना यात्रु र पर्यटकलाई प्रवेश निषेध गरिएको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए  । उनका अनुसार सवारीचालकलाई समेत खोपकार्ड अनिवार्य गरिएको छ । मनाङ प्रवेश नाका तालडाँडामा प्रहरी र स्वास्थ्यकर्मीले  चेकजाँच गरेर मात्र जिल्ला प्रवेश गर्न दिइएको छ ।