मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार ११:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री रेणु यादवलाई बर्खास्त गरी कारबाही गर्न युवा संघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार ११:४२:००

नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले जसपा नेतृ एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री  रेणुकुमारी यादवलाई कारबाही गर्न माग गरेको छ। संघको बागमती प्रदेश कमिटीले आइतबार एक विज्ञप्ति जारी गर्दै मन्त्री यादवले रौतहटमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कारबाही गर्न माग गरेको हो।

मन्त्री यादवको अभिव्यक्तिलाई गौर हत्याकाण्ड उनको पार्टीले गरेको कुराको प्रमाणकारूपमा लिन पनि युवा संघले माग गरेको छ। ‘उहाँले ०६३ चैत ७ गते गौरमा भएको नरसंहार आफ्नो पार्टीले गरेकोमा गौरव घोषणा गरेकाले हामी यसलाई प्रमाणको रूपमा लिएर तत्काल मन्त्री पदबाट खारेज गरी गिरफ्तार गरी आवश्यक कारबाही गरियोस्, नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

संघले कोभिड संक्रमणलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरी सबै जिल्लामा जुलुस, पुत्ला दहनलगायत विरोधका कार्यक्रम गर्न आग्रह गरेको छ। मन्त्री यादवले माघ ५ गते रौतहटको गौरमा आयोजित सार्वजनिक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने धम्की दिएकी थिइन्।