मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार ०६:३५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंक, सिएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्रबीच सहकार्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार ०६:३५:००

महिलामा उद्यमशीलता प्रवद्र्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले नबिल बैंक, सिएनआई–वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ । परिसंघको प्रधान कार्यालयमा भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, वुमन लिडरसिप फोरमको तर्फबाट संयोजक छाया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका थिए । 

कार्यक्रममा नबिल बैंकका सिइओ शाहले महिलाहरूको आर्थिक विकासका लागि सम्झौता महत्वपूर्ण हुने आशा व्यक्त गरे । कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका नेपाल उद्योग परिसंघ (सिएनआई)का उपाध्यक्ष निर्वाण चौधरीले सम्झौताले महिलाको आर्थिक विकास सँगसँगै देशको दिगो विकासमा ठूलो टेवा पुर्‍याउने बताए ।

वुमन लिडरसिप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सिएनआई)ले गरेको एउटा पहल हो । स्थापनादेखि ‘महिला नेतृत्व विकास’को मूल नारा बोकेको महिला शक्ति विकास केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो, जसले देशैभरि महिला सशक्तीकरण र महिला नेतृत्वको विकाससम्बन्धी कामहरू गर्दै आइरहेको छ ।  

नेपाल सरकारले अवलम्बन गरेको संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले ०७८ असार १५ गते धान दिवसका दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासका लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गर्दै आएको छ ।