१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ माघ ९ आइतबार ०९:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मोबाइल चोरीको अभियोगमा दुई प्रहरी निलम्बित

Read Time : < 1 मिनेट
२०७८ माघ ९ आइतबार ०९:१६:००

लागुऔषध कारोबारी समात्न गएका वेला मोबाइल चोरी गरेको पाइएपछि जिल्ला प्रहरी कार्यालयले दुईजना प्रहरीलाई निलम्बन गरेको छ । मोबाइल चोरी गरेको सिसिक्यामेराको फुटेज सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले संलग्न दुईजना प्रहरीलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको थियो ।

धनगढीस्थित ग्लोबल मोबाइल ग्यालरीमा लागुऔषधको कारोबार भइरहेको सूचना पाएपछि गत बुधबार जिल्ला प्रहरी कार्यालयको टोली कारोबारमा संलग्नलाई पक्राउ गर्न मोबाइल पसल पुगेको थियो । त्यस क्रममा प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतबहादुर बुढाले पसलबाट एक÷एकवटा मोबाइल चोरेको सिसिटिभीको फुटेज सार्वजनिक भएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीन विष्टले दुईजनालाई निलम्बन गरिएको र उनीहरूविरुद्ध अदालतमा फौजदारी अपराधअन्तर्गत मुद्दा दर्ता गरिएको बताए । अनुसन्धानका लागि अदालतमा म्याद थप भएपछि उनीहरू निलम्बनमा परेका विष्टले बताए । मोबाइल पसलबाट चोरी भएका मोबाइल पनि बरामद गरिएको उनले बताए । चोरीमा संलग्न दुवै प्रहरी जिल्ला प्रहरी कार्यालयले तत्काल रेस्पोन्सका लागि गठन गरेको टाइगर टोलीमा कार्यरत थिए । 

प्रहरीले उक्त पसलबाट लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको थियो । मोबाइल पसल सञ्चालक द्रोणबहादुर रावल, धनगढी उपमहानगरपालिका–२, का टेकबहादुर विष्ट र मनीष भण्डारीलाई पक्राउ गरिएको हो । उनीहरूको साथबाट एक ग्राम पाँच सय ५० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । लागुऔषधसहित पक्राउ परेका तीनैजनाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।