मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ९ आइतबार ०६:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सोमबारसम्म मौसम बदली हुने, वर्षा र हिमपातको पनि सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ९ आइतबार ०६:११:००

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय

पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय बन्दा देशभर बदली भएको छ । यसअघिको प्रणाली निष्क्रिय बनेसँगै शनिबारबाट अर्काे पश्चिमी न्यूनचापीय प्रणालीको प्रवेश हुँदा काठमाडौं उपत्यकासहित देशभर बदली भएको हो ।

शनिबार पश्चिम नेपालका केही क्षेत्रमा वर्षा पनि भएको छ । जसकारण दिउँसो देशभर चिसो रह्यो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार आगामी सोमबारसम्म बदली, वर्षा र हिमपातको आकलन गरिएको छ । ‘तराईमा बिहान बदली हुने, तर दिउँसो केही क्षण घाम लाग्ने हुन सक्छ, काठमाडौंमा धेरै घाम लाग्ने देखिँदैन,’ उनले भनिन्, ‘धेरै ठाउँमा फाट्टफुट्टदेखि हल्का वर्षा हुनेछ ।’ 

महाशाखाका अनुसार आइतबार सुदूरपश्चिम र गण्डकी प्रदेशमा वर्षाको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि बदली हुने र केही क्षण वर्षाको सम्भावना रहेको शाक्यले बताइन् ।

सोमबारसम्म सुदूरश्चिम, कर्णाली र लुम्बिनीका पहाडी र तराई भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको आकलन गरिएको छ । बाँकी प्रदेशमा पनि हल्का वर्षा हुनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमका धेरै भागमा हिमपातको आकलन गरिएको छ ।