मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका नयाँ दिल्ली
२०७८ माघ ८ शनिबार १६:१७:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतमा एकैदिन तीन लाख ३७ हजार संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
२०७८ माघ ८ शनिबार १६:१७:००

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना संक्रमित भएका छन्। यहाँका सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार, अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम सङ्क्रमित भएका हुन्। अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ संक्रमित थपिएका थिए।

दैनिक संक्रमितको संख्या घटे पनि संक्रमित अवस्थामै रहेकाको कुल संख्या भने बढिरहेको छ। मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ संक्रमित अवस्थामै रहेका छन्।

सो अवधिमा संक्रमणमुक्त भएकाको कुल संख्या भने दुई लाख ४२ हजार ६७६ रहेको छ। योसँगै अहिलेसम्म संक्रमणमुक्त भएकाको कुल संख्या तीन करोड ६३ लाख एक हजार ४८२ पुगेको अधिकारीहरूले बताएका छन्।

भारतमा अहिलेसम्म चार लाख ८८ हजार ८८४ जनाको कोरोनाका कारण मृत्यु भएको छ। तीमध्ये पछिल्लो २४ घन्टामा ४८८ जनाको मृत्यु भएको जनाइएको छ। रासस/एएनआई